०८ असार २०८३, सोमबार

बाँके र बर्दियामा भारी वर्षा, दिउँसोसम्म सतर्कता अपनाउन आग्रह

बाँके र बर्दियामा भारी वर्षा, दिउँसोसम्म सतर्कता अपनाउन आग्रह

बुधवार बिहान बाँके र बर्दियाका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ३ घण्टा बाँकेको ढकेरी, खजुरा, बर्दियाको राम्बापुर,रानीजरूवा नर्सरी, गुलरीया र आसापस धेरै स्थानमा भारी बर्षा मापन गरिएको हो ।

सो क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको भन्दै विभागले साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने बताएको छ । 

विभागले बुधवार दिउँसोसम्म सो क्षेत्रमा सतर्कता अपनाउन एसएमएस अलर्ट जारी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्