
नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।