
अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक गरिएको छ ।
बुधवार राजधानीमा एक कार्यक्रम गर्दै भदौ ३ गते प्रदर्शनमा आउने फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा पैसाको प्रलोभनमा परी ‘सरोगेसी’ अर्थात् कोख भाडामा दिएर बच्चा जन्माउने एक दम्पतीको कथा प्रस्तुत गरिएको छ । टे«लरमा कमेर्ड, इमोसन दुवै भाव समेटिएको छ ।
रन्जित रौनियारको कथा एवं निर्देशन रहेको ‘माइकल अधिकारी’ गोपीकृष्ण मुभिजको ब्यानरमा निरक पौडेलले निर्माण गरेका हुन् । फिल्ममा सौगात र सृष्टिका अलावा अशान्त शर्मा, लुनिभा तुलाधर, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की लगायतका कलाकारको अभिनय छ ।
राजु विक्रम थापाको छायांकन रहेको फिल्मलाई मित्र डी गुरूङले सम्पादन गरेका हुन् । ‘माइकल अधिकारी’सँगै अन्य २ नेपाली फिल्म पनि एकसाथ प्रदर्शनमा आउँदैछन् ।