२३ जेठ २०८३, शनिबार

सुनकोसीले बगाउँदा २ बालक बेपत्ता

सुनकोसीले बगाउँदा २ बालक बेपत्ता
प्रतिकात्मक तस्वीर

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का २ बालक बुधवार सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन् ।

तेमाल गाउँपालिकाको वडा नम्बर २ स्थित लामबगरमा बुधवार दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बेपत्ता हुनेमा तेमाल गाउँपालिका–३ चौथली बस्ने सोम माझीको छोरा वर्ष ११ को समीर माझी र सोही ठाउँका कुलबहादुर माझीको छोरा वर्ष ८ को कान्छो माझी छन् । 

पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएका २ बालकको खोजी कार्य जारी रहेकोमा अझैसम्म पनि फेला नपारेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।

बेपत्ता बालकको खोजीकार्यको लागि प्रहरी टोली खटाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्