२७ जेठ २०८३, बुधबार

कोट्जरले लिए टी-ट्वान्टीबाट सन्यास

साउन ६, २०७९
कोट्जरले लिए टी-ट्वान्टीबाट सन्यास

स्कटल्याण्डका पूर्व कप्तान काइल कोट्जरले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

स्कटल्याण्ड क्रिकेट बोर्डले कोट्जरले सन्यास लिएको पुष्टि गरेको छ ।

३८ वर्षीय ब्याट्सम्यान कोट्जरले परिवारलाई समय दिन टी-ट्वान्टीबाट सन्यास लिएको बताएका छन् ।  

गत महिना अमेरिका भ्रमण दौरान कोट्जरले कप्तानी छाडेका थिए ।

२००३ मा स्कटल्याण्ड टोलीमा डेब्यु गरेका कोट्जरले २००८ मा आयरल्याण्डविरुद्ध टी-ट्वान्टी आईमा डेब्यु गरेका थिए।

उनले ७० टी-ट्वान्टी आई खेलमा १ हजार ४ सय ९५ रन बनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्