१६ असार २०८३, मंगलबार

को हुन् श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री गुणवर्धने ?

साउन ६, २०७९
को हुन् श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री गुणवर्धने ?

दिनेश गुणवर्धने श्रीलंकाका नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । 

राष्ट्रपति रनिल विक्रमसिंघेले उनलाई शुक्रवार प्रधानमन्त्री नियुक्त गरेका हुन् । गुणवर्धनेले आजै पदको शपथ लिइसकेका छन् । 

गुणवर्धनेलाई गत अप्रिल महिनामा पूर्व राष्ट्रपति गोटाबाया राजपक्षको कार्यकालमा गृहमन्त्री बनाइएको थियो । उनी यसअघि परराष्ट्रमन्त्री र शिक्षामन्त्री पनि भइसकेका छन् । 

गुणवर्धने र राष्ट्रपति विक्रमसिंघे कुनै बेलामा सहपाठी थिए । 

उनीहरू दुवैसँग श्रीलंकालाई आर्थिक संकटबाट निकाल्ने अभिभारा छ । 

गुणवर्धनेको जन्म सन् १९४९ मा भएको थियो । उनले नेदरल्यान्ड्समा उच्च शिक्षा लिएका छन् । सन् १९८३ मा कोलम्बोको उपनगर महारागामाबाट चुनाव जितेर उनी पहिलोपटक सांसद बनेका थिए । 

रनिल विक्रमसिंघे राष्ट्रपति भएपछि पनि श्रीलंकामा शान्तिबहाली भएको छैन । उनी गोटाबायाको मोहरा भएको भन्दै विरोध जारी छ । लामो समयदेखि राजनीति गरिरहेका गुणवर्धनेलाई पनि जनताको विश्वास जित्ने चुनौती छ ।
 

salt training

कमेन्ट गर्नुहोस्