२१ जेठ २०८३, बिहीबार

एक हातमा सिन्दुर अर्को हातमा नागरिकता दिन मिल्दैनः झपट रावल

एक हातमा सिन्दुर अर्को हातमा नागरिकता दिन मिल्दैनः झपट रावल
फाइल तस्बिर

नेकपा एमालेका सांसद झपटबहादुर रावलले एक हातमा सिन्दुर र अर्को हातमा नागरिकता दिने प्रावधान राखिन नहुने बताएकी छन् । अहिलेको नागरिकता विधेयकमा त्यस्तो प्रावधान राखिएको भन्दै उनले त्यसो गर्न नहुने बताएका हुन् । 

नागरिकता विधेयकसम्बन्धी छलफलमा सांसद रावलले भने, ‘हाम्रो चेली विदेशमा बिहे गरेर जाँदा भोग्नुपरेको प्रताडनालाई ख्याल गर्दै विदेशी नागरिकलाई बिहे गरेर ल्याउँदैमा हातको हात नागरिकता दिन हुँदैन ।’

राज्य व्यवस्था समितिमा बिहे गरेको ७ वर्ष पछि मात्र नागरिकता दिने प्रावधान राखेर विधेयक संशोधन गरिनुपर्ने उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्