२० असार २०८३, शनिबार
मौद्रिक नीति

बैंक तथा लघुवित्तले यही पुस मसान्तभित्र एकीकृत कारोवार गरेमा मात्र मर्जरसम्बन्धी छूट सुविधा पाउने

बैंक तथा लघुवित्तले यही पुस मसान्तभित्र एकीकृत कारोवार गरेमा मात्र मर्जरसम्बन्धी छूट सुविधा पाउने

मर्जर तथा प्राप्तिमा गई यही २०७९ पुस मसान्तसम्म एकीकृत कारोवार गर्ने बैंक तथा लघुवित्त वित्तीय संस्थाले मात्र राष्ट्र बैंकले उपलब्ध गराउने छूट सुविधा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार आव २०७९/०८० का लागि मौद्रिक नीति सार्वजनिक गर्दै उक्त जानकारी गराएका हुन् ।

'वाणिज्य बैंक तथा लघुवित्त वित्तीय सं‌स्थाले आफ्नै वर्गभित्र मर्जरमा गई यही २०७९ पुस मसान्तभित्र एकीकृत कारोवार शुरू गरेमा मात्र मर्जर तथा प्राप्तिसम्बन्धी छुट सुविधा उपलब्ध हुने व्यवस्था गरिने छ,' अधिकारीले भने ।

बैंक तथा वित्तीय संस्थालाई मर्जरमा प्रोत्साहन गर्न भन्दै राष्ट्र बैंकले विगत केही वर्षदेखि विभिन्न किसिमका छुट सुविधा दिँदै आएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्