२९ जेठ २०८३, शुक्रबार

कोरोना अपडेटः ४५६ जनामा संक्रमण पुष्टि

कोरोना अपडेटः ४५६ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा मुलुकभर ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कूल ३ हजार ८३८ नमूना परीक्षण गर्दा ४५६ जना नयाँ संक्रमित थपिएका हुन् । 

पीसीआर विधिबाट २ हजार १६८ जनाको नमूना परीक्षण गर्दा ३८४ जना र १ हजार ६७० नमूना एण्टिजेन विधिबाट परीक्षण गर्दा ७२ जनामा संक्रमण पुष्टि भएको हो । 

शुक्रवार थप भएसँगै मुलुकभर सक्रिय संक्रमितको संख्या २ हजार ८४१ पुगेको छ । सक्रिय संक्रमितमध्ये २ हजार ७०८ जना होम आइसोलेसनमा १३३ जना संस्थागत आइसोलेसन र २२ जनाको आईसीयूमा उपचार भइरहेको छ । 

पछिल्लो २४ घण्टामा ८० जना संक्रमणमुक्त भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्