२५ असार २०८३, बिहीबार

बुटवल पुगेर प्रदीपले भने– ‘प्रकाश’ जुम्लाको वास्तविक कथा हो

बुटवल पुगेर प्रदीपले भने– ‘प्रकाश’ जुम्लाको वास्तविक कथा हो

तीजलाई मध्यनजर गर्दै भदौ १० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रकाश’ले देश दौडाहा शुरू गरेको छ । चलचित्रका अभिनेता प्रदीप खड्का, अभिनेत्री दीया मास्के, रेणु योगीका साथमा प्रोडक्सन कन्ट्रोलर मनोज जोशीका साथमा कमेडियन आर्टिस्ट आयुष श्रेष्ठ, आशिष घिमिरे, पुजन अधिकारी, एलन जंग थापा, आदर्श मिश्रालगायत चलचित्रको टिमसँगै देश दौडाहामा छन् । 

देश दौडाहको क्रममा शुक्रवार बुटवल पुगेका प्रदीपले आफ्न अघिल्लो चलचित्रभन्दा ‘प्रकाश’ बिल्कुलै फरक रहेको बताए । जुम्लाको विकट स्थानमा छायांकन गरिएको सो चलचित्रमा अभिनय गर्न त्यति सहज भने नभएको बताउँदै उनले सबै टिमको सहयोग पाएको बताए ।

‘प्रकाश’ जुम्लाको वास्तविक कथा भएकाले समग्र नेपालको एक बेरोजगार युवा, द्वन्द्धको चपेटामा परेका युवाको संघर्षलाई चलचित्रमा उतारिएको प्रदीपको भनाइ छ । तीजको छेको पारेर सबै नेपालीको लागि मौलिक नेपाली चलचित्रको स्वाद चखाउन आफूहरू दर्शक सामु आउन लागेको उनको भनाइ थियो ।

चलचित्रमा प्रदीपको आमाको भूमिकामा जमेकी अभिनेत्री दीया मास्केले आफूले समाजको सहनशील, सुशील र इमानदार महिलाको भूमिकामा अभिनय गरेको उल्लेख गरेकी छन् । अभिनयले कहिले रुवाउने र कहिले हसाउँने बताउँदै समग्रमा मनोरन्जनात्मक सामाजिक सन्देश दिने चलचित्र ‘प्रकाश’ हेर्न सबैलाई उनले आग्रह समेत गरिन् ।  

चलचित्रमा प्रदीपले अभिनयको हिसावमा ‘प्रकाश’ र ‘प्रेमगीत ३’मा काम गर्दा आफूले दिने चिजमा कुनै फरक नपरेको बताए । दुवै चलचित्रमा आफूले शतप्रतिशत दिएको उनको भनाइ छ । 

ट्रेलर रिलिज कार्यक्रममा प्रदीपको अभिनेत्री रेनु योगीसँग राम्रो बोन्डिङ देखिएको थियो । चलचित्रमा रेनुले आफूलाई ‘सर’ भन्ने गरेकाले आफूहरूको सम्बन्ध शिक्षक र विद्यार्थीको जस्तो रहेको भन्दै उनले ठट्टा समेत गरे । बिनिश इण्टरटेइन्मेण्ट प्रालीको प्रस्तुति रहेको चलचित्रको निर्देशन ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रसाद’जस्ता सफल चलचित्र निर्देशन गरिसकेका निर्देशक दिनेश राउतले गरेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्