×

NMB BANK
NIC ASIA

साँझ करीब ७ बजेतिर आफू हराएको निष्कर्ष निकाल्यो गोपालले । माघ महिनामा साँझ ७ बजेको समय भनेको धेरै नै हो प्रयागराज (गंगायमुना संगम) को होचो भूमिमा । तथापि बिजुलीको उज्यालो र मेलाको रौनकका कारण अँध्यारो महसूस हुन भने पाएको थिएन ।

Muktinath Bank

साथीहरूले राति १२ बजेतिर ‘पीसीओ’बाट ‘भुलेभड्के’ शिविरमा आउनका लागि माइकिङ गर्न नलगाएका होइनन् तर मेलामा फैलिएको कोलाहल र हरिकीर्तनको धुनले गर्दा सुन्न भने सकेन गोपालले । सायद बढी हुँदा अमृत पनि विष बन्न सक्छ भनेको यही हुनुपर्छ । हरिकीर्तनले समेत धोका दिएको थियो यतिबेला गोपाललाई ।    


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोपालले त्यो रात हरिकीर्तन सुनेर मन्दिरमा बितायो । न जुत्ता चप्पल, न शरीरमा लुगा, एउटा पातलो च्यादरमा रात काट्न विवश भयो ऊ । बिहानैदेखि पर्न शुरू गरेको सिमसिमे झरीले उज्यालो हुने बेलासम्म आँखा उघारेको थिएन । चिसोले गोडा आफ्नो हो कि अर्कैको चिन्नै नसक्ने भइसकेको भए पनि सहनुको विकल्प थिएन ऊसँग । 


Advertisment
Nabil box
Kumari

गोपालको दुःख देखेर हो कि अर्कै कारणले थाहा नभए पनि भोलिपल्ट बिहानै दर्शन दिन भने अल्छी गरेनन् सूर्य नारायणले । पानी थामिएको थियो, आकाशको बादल फाटिसकेको तर गोपालको मनको बादल भने झन्झन् घनिभूत बन्दै जाँदैथ्यो ।

Vianet communication
Laxmi Bank

गोपालले त्यो दिनभर छलिएका साथीहरू खोज्नमा बितायो तर कसै गरे पत्तो लागेन । लागोस् पनि कसरी ? उनीहरू त बिहान सखारै फर्किसकेका थिए विद्यालयतर्फ ।  त्यो रात पनि मन्दिरमै बितायो उसले । खानाको भने दुःख थिएन । सेठजीहरूले ठाउँठाउँमै भण्डारा चलाएका थिए मेलाभर ।

तेस्रो दिनसम्ममा मेलामा मानिस पातलिइसकेका थिए । त्यसपछि गोपाल साथीहरू भेटिँदैनन् भन्ने निष्कर्षमा पुग्यो र इलावाद रेल्वे स्टेसनतिर लाग्यो साँझपख । 

स्टेसन नजिकै एउटा होटलमा खोटाङतिरका राई थरी नेपालीले काम गर्दै आएका रहेछन् विगत केही वर्षदेखि । संयोगवश उनैसँग भेट भयो गोपालको । पैसा नभए पनि मनका भने धनी नै रहेछन् उनी । सज्जन र दयालु त्यत्तिकै । गोपालको हालत देखेर केही दिन आफ्नै डेरामा बस्ने व्यवस्था मिलाइदिए उनले । लगाउनका लागि एकजोर पुरानो कुर्ता–पाइजामा खोजेर दिए । 

खासै बाक्लो नभए पनि गान्धी खादीका कुर्ता–पाइजामा न्यानै लाग्यो उसलाई । ३ दिन उनकै कोठामा बिताएर हराएको सातौं दिन विद्यालयतर्फ लाग्यो केही पैसा सापटी मागेर । 

साथीसँग बिदा भएपछि जिटी रोड हुँदै राजातलावको बाटो समात्यो उसले । त्यतिबेला राजातलाव हुँदै खैरा जान्थे वनारसबाट आउने बसहरू । राजातलावमा ओर्लेपछि खैराको बस समाती सोही दिन अपराह्नतिर विद्यालय परिसरमा पुग्यो ऊ । साथीहरू अँध्यारो मुख लगाएर उसकै बाटो हेरिरहेका रहेछन् ।

विद्यालय पुग्नासाथ सर्वप्रथम वगहा पोस्ट अफिस गएर मनिअर्डर गरी साथीसँग लिएको सापटी पैसा फिर्ता पठाउने काम गर्‍यो उसले । थाहा थिएन उसलाई पछिसम्म पनि पैसा पुग्यो कि पुगेन भन्ने कुरा । कुनै खैखबर नभएकाले पुग्यो होला भन्ने विश्वास गर्नुको विकल्प भने थिएन ।  

सोही साल अप्रिल अन्त्यतिर पूर्वमध्यमा प्रथम वर्षको परीक्षा लियोे सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयले । परीक्षा सकेर साथीहरू घरतिर लागे तर गोपालले भने त्यतै बसेर बिदा बिताउने निधो गर्‍यो । जुनको अन्त्यतिर परीक्षा फल आयो । प्रथम श्रेणीको नम्बरमा उत्तीर्ण भएको देखेर निकै खुशी भयो ऊ ।

जुलाइतिरबाट दोस्रो वर्षको पढाइ शुरू भयो तर साथीहरू भने दशैं मानेर मात्र फिर्ता भए । अर्को साल फरवरीतिर गोपाल नराम्ररी बिरामी पर्‍यो । साथीहरूले रामकृष्ण परमहंस मिसन गोदौलिया वाराणसीमा भर्ना गरिदिए । रामकृष्ण परमहंस विश्वविख्यात सन्यासी विवेकानन्दका गुरु हुन् । त्यसैले विवेकानन्दका भक्तहरूले उनकै नामबाट अस्पताल खोलेका रहेछन् । अस्पतालले गरीब गुरुवा र विद्यार्थीहरूलाई निःशुल्क उपचार गर्ने भएकाले गोपाललाई खर्चपानीको अभाव भने भएन । खाने–बस्ने सहितको उपचार खर्च अस्पतालले नै व्यहोरिदियो । करीब १ महिना अस्पताल बसेर परीक्षा नजिक आएकाले डिस्चार्ज माग्यो उसले अस्पतालबाट । सो साल मे शुरूतिर मात्र पूर्वमध्यमा दोस्रो वर्षको परीक्षा लियो विश्वविद्यालयले ।

परीक्षा सकेर वनारस फर्केर मे र जुन २ महिना अलाइपुरा मीत दाजुको डेरामा बितायो । केही दिनका लागि मीत दाजु आफ्नो घर चितवन माडीतिर फर्केकाले सो अवधिभर अलाइपुरा साडी गल्लीको दरवानी पनि समाल्यो उसले मीत दाजुको सट्टामा ।

जुलाइ लागेपछि विद्यालय खुल्यो । गोपालले नेपाली संस्कृत महाविद्यालय मंगलागौरीमा भर्ना लियो । त्यतिबेला नेपाली विद्यालय फुटेर एउटै नाममा २ वटा चलेका थिए । एउटा विद्यालय कृष्णप्रसाद ढुंगानाको नेतृत्वमा मंगलागौरीमै चल्थ्यो, अर्को विद्यालय दामोदर भारद्वाजको नेतृत्वमा बालाजी मन्दिरमा । विश्वविद्यालयको अनुदान भारद्वाज समूहमा जाने भएकाले ढुंगाना समूहको विद्यालय गरीब थियो । छात्रबासबाहेक अन्य स्रोत थिएन । तैपनि थाहा छैन कसरी चलाउँथे कुन्नि, प्रतिविद्यार्थी मासिक २५ रुपैयाँ वृत्ति भने मिल्थ्यो । छात्रावास भएकाले आवासीय विद्यार्थी त्यतै भर्ना हुन आउँथे तर पढ्न भने भारद्वाज समूहमा जानुपर्ने हुन्थ्यो । कारण ढुंगाना समूहमा २ विषयमा आचार्य गर्ने (आयुर्वेद र दर्शन) काशीराज सुवेदी र असामतिरका रिजाल थरी गुरुबाहेक अन्य गुरुको उपस्थिति थिएन । 

आकर्षक तलबको प्रलोभनमा परेर होला सायद विद्यालयका प्रायः गुरुहरू भारद्वाज समूहमै हुनुहुन्थ्यो । काशीराज सुवेदीले आयुर्वेद र दर्शन पढाउनुहुन्थ्यो । मेहनती र मिलनसार त्यत्तिकै, विद्यार्थीहरू माया गर्ने त्यत्तिकै । व्याकरणशास्त्रका ठूला विद्वान् रिजाल गुरु भने व्याकरण पढाउनुहुन्थ्यो । यीबाहेक अन्य विषय पढ्नका लागि भारद्वाज गुरुको समूहमा जानैपथ्र्यो ।

सायद यसैका फाइदा उठाउन खोजेर हुनुपर्छ भारद्वाज समूहबाट छात्रावास कब्जा गर्ने रणनीति अनुरूप विद्यार्थी भड्काउन खोज्ने प्रयास पनि नभएको होइन तर गोपाल लगायत ढुंगाना समूहका विद्यार्थीहरूले यसबाट टाढै बस्न राम्रो ठाने । त्यसैले उनीहरूले प्रस्ट भनिदिए, ‘माफ गर्नुहोला गुरुजी ! आफ्नो राजनीति आफैंसँग राख्नुस् । हामी यहाँ राजनीति गर्न नभई पढ्न आएका हौं । विद्यादानको कुरा हो, चाहनुहुन्छ पढाइदिनुस्, होइन भने आउन रोक लगाउनुस् । खाने मुखलाई जुँगाले छेक्दैन भन्छन्, काशीमा कति छन् कति पढ्ने ठाउँ ।’ त्यसपछि के लागेछ कुन्नि उहाँहरूले कहिल्यै त्यस्तो कुरा निकाल्नुभएन । 

२ वर्ष नेपाली संस्कृत महाविद्यालयमा बसेर गोपालले उत्तरमध्यमा पास गर्‍यो द्वितीय श्रेणीमा सन् १९८० तिर । त्यसपछि कता लाग्यो कुन्नि अहिलेसम्म पत्ता लागेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x