
लुम्बिनी प्रदेश सभाको दशौं अधिवेशन अन्त्य भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालू दशौं अधिवेशन अन्त्य गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका हुन् ।
लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ उपनियम (३) बमोजिम प्रदेशसभा सचिवालयले सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरेको सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।