१४ असार २०८३, आइतबार

असंलग्न आन्दोलनको युवा शिखर सम्मेलनका लागि  नेपाली टोली अजरवैजान प्रस्थान

असंलग्न आन्दोलनको युवा शिखर सम्मेलनका लागि  नेपाली टोली अजरवैजान प्रस्थान

 असंलग्न आन्दोलनको युवा शिखर  सम्मेलनमा भाग लिनका लागि  शनिबार  नेपाली प्रतिनिधि मण्डल  अजरवैजानको राजधानी वाकु  प्रस्थान गरेको छ। नेपालका तर्फबाट राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको नेतृत्वमा दुई सदस्यीय टोली  त्यसतर्फ प्रस्थान गरेको हो। टोलीमा अर्का सदस्य  युवा तथा खेलकुद मन्त्रालयका उपसचिव डा.कृष्णबहादुर घिमिरे रहेका छन् ।

जुलाई २५ देखि २९ तारिखसम्म संचालन हुने शिखर सम्मेलनमा असंलग्न आन्दोलनमा ऐक्यबद्धता जनाउने विभिन्न मुलुकका युवा प्रतिनिधि सहभागी हुनेछन् । हालसम्म १२० देशले असंलग्न आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। 

युवा शिखर सम्मेलनवाट असंलग्न आन्दोलनमा ऐक्यवद्धता जनाउने मुलुकका युवाहरुको अन्तर्राष्ट्रिय नेटवर्क समेत गठन गर्ने कार्यसुची रहेको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए। 

बस्नेतले सो शिखर सम्मेलनमा नेपाली पक्षको तर्फबाट असंलग्न आन्दोलनमा नेपालको स्पष्ट र दृढ प्रतिवद्धतालाई पुन: दोहोर्याउने जनाएका छन्। असंलग्न आन्दोलनले मात्र  विश्व शान्ति , सहअस्तित्व र भातृत्व अभिवृद्धि हुने विषयलाई युवा शिखर सम्मेलनमा जोड दिने बस्नेतले वताए।

salt training

कमेन्ट गर्नुहोस्