०६ साउन २०८३, बुधबार

योगेश भट्टराईको प्रस्ताव– जेलमा रहेका २० हजार कैदीलाई काममा लगाऔँ

योगेश भट्टराईको प्रस्ताव– जेलमा रहेका २० हजार कैदीलाई काममा लगाऔँ

नेकपा एमालेका सचिव योगेश भट्टराईले जेलमा रहेका कैदीबन्दीलाई काममा लगाउने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । नेपालको जेलमा रहेका २६ हजारमध्ये २० हजारलाई काममा लगाउन सकिने उनको भनाइ थियो । 

कारागार विधेयकमाथि आइतवार प्रतिनिधि सभामा भएको छलफलमा भाग लिँदै एमाले सांसद भट्टराईले सकारात्मक लिष्टमा रहेका कैदीलाई श्रममा लगाउने व्यवस्था गर्नुपर्ने बताएका हुन् । 

‘नेपालका कारागारमा रहेका कैदीमध्ये २० हजार काम गर्न सक्ने खालका छन्, सरकारले रासनपानी दिएर राखेको छ । चीनलगायत मुलुकमा यसरी जेलमा रहेका कैदीलाई बाहिर ल्याउने प्रचलन छ । बाँझो भूमिलाई एक ठाउँमा ल्याउने काम गर्ने भनेका छौँ, त्यही श्रममा लगाउन सकिन्छ’ भट्टराईले भने, ‘कैदीलाई अपराधिक गतिविधिवाट मानवीय जीवनमा ल्याउन र सामाजिकीकरण गर्न मद्दत पुग्छ ।’ 

गम्भीर अपराध गरेका, वृद्ध र बालबालिका बाहेकलाई काममा लयाउन सके उनीहरूको आम्दानी पनि बढ्ने उनले बताए । सांसद भट्टराईले नेपालका कारागारको अवस्था नाजुक रहेको भन्दै सुधारको लागि पनि सरकारको ध्यानाकर्षण गराए । 
 

salt training

कमेन्ट गर्नुहोस्