२५ असार २०८३, बिहीबार

अन्नपूर्ण आधार शिविरमा दक्षिण एसियाली पर्यटन मन्त्रीहरूको सम्मेलन गरिने [कार्य योजनासहित]

अन्नपूर्ण आधार शिविरमा दक्षिण एसियाली पर्यटन मन्त्रीहरूको सम्मेलन गरिने [कार्य योजनासहित]

सरकारले आगामी ४ महिना भित्र अन्नपूर्ण आधार शिविरमा दक्षिण एसियाका पर्यटन मन्त्रीहरूको सम्मेलन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आइतवार ‘नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना २०७९’ सार्वजनिक गर्दै उक्त सम्मेलन गर्ने घोषणा गरेका हुन् ।

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको विकास गर्न अगामी वर्ष सन् २०२३ देखि २०३३ सम्मको लागि भ्रमण दशक मनाउने बताए । नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न दक्षिण एसियाली तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने जानकारी दिएका हुन् । 

मन्त्री श्रेष्ठले पर्यटन विकास र प्रवद्र्धनका लागि अल्पकालीनदेखि दीर्घकालीनसम्मका ७३ बुँदे कार्ययोजनासमेत सार्वजनिक गरेका छन् । कार्ययोजनामा पर्यटनसम्बन्धी कानून संशोधनदेखि, विभिन्न पर्यटकीय निकायको समन्वयमा कार्यक्रम, तालिम, प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गर्नेसम्मका कार्यक्रम छन् । 

यस्ता छन्, पर्यटन मन्त्रालयले सार्वजनिक गरेको ७३ बुँदे कार्ययोजना 

salt training

कमेन्ट गर्नुहोस्