
नेपाली कांग्रेसनिकट पत्रकारहरूको संगठन प्रेस युनियनमा संस्थापनइतर पक्षका उम्मेदवारहरूले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाममा संस्थापनइतर पक्षबाट अध्यक्षका उम्मेदवार शिव लम्सालले ११५ मतको अन्तरले अग्रता बनाएका छन् ।
कूल ९७२ मत गनिसक्दा लम्सालले ५३१ मत पाएका छन् । संस्थापन पक्षको समर्थन पाएकी अनिता विन्दुले ४१६ मत पाएकी छन् ।
महासचिवमा पनि संस्थापनइतर पक्षले फराकिलो अन्तरले अग्रता कायम गरिरहेको छ । संस्थापन पक्षका उम्मेदवार दीलिप पौडेलले ६४७ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार जगन्नाथ दुलालले २९२ मत पाएका छन् । महासचिव पदमा ३३५ को मतान्तर कायम भएको छ ।
महाधिवेशनमा नेतृत्व चयनका लागि शनिवार मतदान भएको थियो ।