मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
साउन ८, २०७९
बेलायत विगत ६ वर्षदेखि राजनीतिक संकटको स्थितिमा छ । ब्रेक्जिट अर्थात् युरोपेली संघबाट बेलायतको बहिर्गमनका लागि भएको जनमतसंग्रहपछि शुरू भएको संकटको सिलसिला अझै लामो समयसम्म जाने देखिएको छ ।
संकटको पछिल्लो कारक बहालवाला प्रधानमन्त्री बोरिस जोनसन हुन् । सन् २०१९ मा प्रचण्ड बहुमतका साथ कन्जर्भेटिभ पार्टीलाई विजय दिलाएका जोनसनले जनमतलाई कदर गर्न सकेनन् । उनी एकपछि अर्को विवादमा फस्दै गएपछि उनको आफ्नै दलका नेताहरू उनीविरुद्ध लाग्न थाले ।
विशेषगरी कोभिडको समयमा जनता चरम पीडामा रहेको अवस्थामा जोनसनले आफ्नो कार्यालयमा मदिरापान सहित रमाइलो गरे/गराएको घटना सार्वजनिक भएपछि उनीप्रति जनताका साथै कन्जर्भेटिभ पार्टीकै धारणा नकारात्मक बन्न पुग्यो ।
अझ जुन महिनाको अन्त्यतिर कन्जर्भेटिभ पार्टीका प्रमुख उपसचेतक क्रिस पिन्चरले मदिरा पिएर मात्तिएको सुरमा दुईजना पुरुषको शरीर छामछुम गरेको घटना बाहिरिएर राजीनामा दिएपछि जोनसनलाई पद छोड्नका लागि दबाब बढेको थियो । त्यो घटना विगत तीन महिनामा कन्जर्भेटिभ पार्टीमा भएको पाँचौं यौनजन्य विवाद थियो ।
यी घटनाहरू सार्वजनिक भएपछि जोनसन सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिन थाले । त्यसको शुरूआत तत्कालीन अर्थमन्त्री ऋषि सुनकले गरे ।
अहिलेको पाराले सरकार चलाउन सकिँदैन भनी उनीहरूले जोनसनको आलोचना समेत गर्दै राजीनामा दिएका हुन् । त्यसपछि बाध्य भएर जोनसनले जुलाई महिनाको पहिलो साता कन्जर्भेटिभ पार्टीको प्रमुख पदबाट राजीनामा दिए तर प्रधानमन्त्री पद कायम राखे ।
अब सेप्टेम्बर महिनामा नयाँ कन्जर्भेटिभ प्रमुख चयन भएपछि त्यही व्यक्ति प्रधानमन्त्री बन्नेछ । कन्जर्भेटिभ पार्टीको प्रमुखका लागि विभिन्न नेताहरू लडेको भए पनि त्यो प्रतिस्पर्धा अहिले दुईजनामा खुम्चिएको छ ।
अर्थमन्त्री पदबाट राजीनामा दिएका सुनक र बहालवाला परराष्ट्रमन्त्री लिज ट्रस यस प्रतिस्पर्धामा छन् । कन्जर्भेटिभ पार्टीका १ लाख ५० हजारभन्दा बढी सदस्यले हुलाकमार्फत मतदान गरी नयाँ प्रमुख छान्नेछन् ।
विभिन्न चुवानी सर्वेक्षणहरूले ट्रस सुनकमाथि हावी हुने आकलन गरेका छन् । यूगोभ सर्वेक्षणमा ट्रसले ६२ प्रतिशत अनि सुनकले ३८ प्रतिशत मत पाउने आकलन छ ।
अगस्ट महिनाको आरम्भमा कन्जर्भेटिभ सदस्यहरूले मतपत्र पाउनेछन् । उनीहरूले अगस्टभरिमा मतदान गरिसक्नुपर्नेछ । ट्रस र सुनकले यही एक महिनाभित्र कन्जर्भेटिभ पार्टीका सदस्यहरूका सामुन्ने आआफ्नो नीतिको सशक्तता प्रमाणित गर्नका लागि बहस गर्नेछन् ।
अहिले बेलायतको आर्थिक अवस्था कमजोर छ । लामो समयदेखि लथालिंग बनेको बेलायती अर्थतन्त्रलाई ऊर्जाको मूल्य आकासिएको तथा आपूर्ति शृंखलामा अवरोध आएको अवस्थाले झन् थिलथिलो बनाएको छ । अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन यान्ड डेभलोपमेन्टले बेलायती अर्थतन्त्र सन् २०२३ मा रोकिने अर्थात् शून्य विकास हुने आकलन गरेको छ ।
यस्तो अवस्थाको बेलायती अर्थतन्त्र उकास्नका लागि यी दुई उम्मेदवारले फरक–फरक नीति अपनाएका छन् । ट्रसले ३० अर्ब पाउन्ड बराबरको आर्थिक प्याकेज ल्याएर तत्कालै कर कटौती गरिने र सार्वजनिक खर्च बढाइने भनेकी छन् ।
उनले राष्ट्रिय बीमामा गरिएको वृद्धिको नीतिलाई उल्ट्याउने, कर्पोरेट संस्थाहरूलाई गर्न लागिएको कर वृद्धिको योजना खारेज गर्ने र ऊर्जा उपभोगमा लगाइएको वातावरण कर हटाइने घोषणा गरेकी छन् । अहिले हातमुख जोर्न मुश्किल परिरहेका लाखौं बेलायतीहरूका लागि करकटौतीको यो नीति सुखद छ । तर अर्थशास्त्रीहरूले यस नीतिका कारण महंगी बढ्ने र सार्वजनिक ऋणमा पनि अभिवृद्धि हुने अनि बेलायती अर्थतन्त्र नै संकटमा पर्ने चेतावनी दिएका छन् ।
सुनक चाहिँ तत्काल करकटौती गर्न नहुने पक्षमा छन् । पहिला मूल्यवृद्धिलाई व्यवस्थापन गरेपछि मात्र करकटौतीको नीति अपनाउनु उपयुक्त हुने उनको धारणा छ । सन् २०२३ को अक्टोबर महिनासम्म मूल्यवृद्धि कायम रहने भएकाले करकटौतीका लागि त्यसबेलासम्म कुर्नुपर्ने उनी बताउँछन् । उनी कन्जर्भेटिभ पार्टीले लिएको सरकारी खर्चकटौती नीतिका समर्थक हुन् ।
परराष्ट्रनीतिको कुरा गर्दा ट्रस र सुनक दुवै जी७ तथा नेटोका समर्थक हुन् । सुनकले जी७ को सदस्य मुलुकको अर्थमन्त्रीको हैसियतमा विश्वव्यापी कर्पोरेट संस्थाहरूका लागि न्यूनतम करको दरसम्बन्धी नीति ल्याउन योगदान गरेका छन् । ट्रसले जी७लाई थप आक्रामक बनाउँदै त्यसलाई आर्थिक नेटोका रूपमा विकसित गर्ने भिजन सार्वजनिक गरेकी छन् ।
नेटोका सदस्य मुलुकहरूले कुल गार्हस्थ्य उत्पादनको कम्तीमा २ प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्नुपर्ने मागमा ट्रस पूर्ण प्रतिबद्ध छिन् भने सुनक पनि यसमा सकारात्मक छन् तर स्वेच्छाचारी रूपमा लक्ष्य तोक्ने कुराको उनले विरोध गरेका छन् । समयक्रममा रक्षा खर्च साढे २ प्रतिशतसम्म बढाइने सुनकको भनाइ छ भने ट्रसले स्पष्ट रूपमा सन् २०३० सम्म बेलायतको रक्षा खर्च ३ प्रतिशत पुर्याइने बताएकी छन् ।
पश्चिमलाई चुनौती दिइरहेका दुई शक्तिराष्ट्रहरू रुस र चीनका विषयमा ट्रस र सुनक आक्रामक छन् । दुवैलाई रुसले प्रतिबन्ध लगाएको छ तर सुनकभन्दा ट्रस बढी जोधाहा छिन् । सुनक ती दुई मुलुकप्रति नरम रहेको आरोप उनले लगाएकी छन् ।
युक्रेनमाथि रुसको आक्रमणपछि सुनकले कुनै पनि बेलायती कम्पनीहरूलाई रुसमा लगानी नगर्न आग्रह गरेका थिए भने बीपी र शेल जस्ता बेलायती ऊर्जा कम्पनीहरूले रुसबाट हट्ने भनी गरेको निर्णयको स्वागत गरेका थिए ।
तर सुनककी पत्नी अक्षता मूर्तिका पिता एनआर नारायण मूर्तिको आईटी कम्पनी इन्फोसिसले युद्ध शुरू भएपछि पनि रुसमा रहेको आफ्नो कारोबार बन्द नगरी मुनाफा कमाइरहेको भनी विवाद आएको थियो । सुनकले आफू इन्फोसिसको आयआर्जनको हिस्सेदार नभएको बताएर विवाद सामसुम पार्ने कोशिश गरेका थिए ।
ट्रसले चाहिँ रुसविरुद्ध एकपछि अर्को कठोर बयान दिइरहेकी छन् । युक्रेनबाट रुसलाई पूरै हटाउने उनको भनाइ छ । त्यस्तै बेलायतमा रहेको रुसको रोक्का सम्पत्तिलाई अधिग्रहण गर्ने अनि युक्रेनका युद्धपीडितलाई बाँड्ने निर्णयको उनले समर्थन गरेकी छन् ।
आर्थिक सुझबुझ भएका सुनकले चीनसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने धारणा राख्ने गरेका छन् । सन् २०२१ को जुलाई महिनामा वार्षिक म्यान्सन हाउस स्पीचमा सुनकले चीनसँगको व्यापारिक सम्बन्ध बढाउनुपर्ने बताएका थिए । उनले चीनको संवेदनशील हङकङ र सिन्च्याङ मामिलामा पनि खासै टिप्पणी गर्ने गरेका छैनन् ।
तर ट्रसले चीनमाथि लगातार आक्रमण गर्ने गरेकी छन् । गत डिसेम्बर महिनामा उनले चीनको उदयलाई रोक्नका लागि स्वतन्त्रता सञ्जाल (नेटवर्क अफ लिबर्टी) बनाउनुपर्ने प्रस्ताव गरेकी थिइन् । गत अप्रिल २७ मा उनले चीनको उदय अवश्यम्भावी नरहेको तथा चीनले पश्चिमी नियम पालन गर्नुपर्ने बताइन् । अझ, उनले एक कदम अघि बढेर ताइवानमा नेटोले हस्तक्षेप गर्नुपर्ने धारणा समेत राखिन् ।
बेलायतको आगामी प्रधानमन्त्री बन्नका लागि प्रतिस्पर्धा गरिरहेका दुवै उम्मेदवारप्रति आम मतदाता खासै उत्साहित देखिएका छैनन् । सुनकले अहिलेको विषम परिस्थितिमा शासन चलाउने विश्वसनीयता आफूले हासिल गरेको बताएका छन् तर अर्थमन्त्रीका रूपमा उनको कार्यकाल सम्झनलायक नरहेको विश्लेषकहरू बताउँछन् ।
ट्रस चाहिँ चर्का कुरा गरेर आफूलाई बेलायतकी पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरको उत्तराधिकारीका रूपमा प्रस्तुत गर्न खोज्दैछिन् । त्यसले कन्जर्भेटिभ पार्टीका उग्रदक्षिणपन्थीहरूलाई त खुशी बनाएको छ, तर कामकाजी वर्गका मानिसप्रति उनको समझ र सहानुभूति दुवै नभएकाले (करकटौतीमार्फत उनीहरूको पीडा शमन गर्न प्रयास गर्न सक्ने भए पनि) उनको नेतृत्वमा पार्टीले आगामी आमनिर्वाचन जित्ने कुरा नै शंकाको घेरामा रहेको विश्लेषकहरूको भनाइ छ ।
तमाम चारित्रिक कमजोरी भए पनि बोरिस जोनसनसँग जनताको चाहना बुझ्न सक्ने क्षमता थियो । उनी पदबाट हटेपछि उनी जत्तिको उचाइको नेता कन्जर्भेटिभ पार्टीमा बाँकी छैन ।
अहिलेका चुनावी सर्वेक्षणले ट्रसलाई जोनसनको उत्तराधिकारी बनाउने देखिएको छ । तर ट्रसको खतरनाक आर्थिक नीतिले अर्थतन्त्रमा पार्ने असरका कारण आगामी चुनावमा विपक्षी लेबर पार्टी हावी हुने बाटो खुल्न सक्ने देखिन्छ । त्यसो त लेबर पार्टीसँग पनि जनताको मन जित्ने खासै एजेन्डा र (टोनी ब्लेयर जस्तो) व्यापक अपील भएका नेताहरू छैनन् ।
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...