मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बदलिँदो विश्व सन्तुलनको कारण नेपाल कतै शीतयुद्धको ‘इपिसेन्टर’ त बन्ने होइन भन्ने खतरा उत्पन्न भएको बताएका छन् ।
आइतवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले अमेरिकाको शक्ति खस्किन लागेकाले उसले आफू टिक्ने नीति, उद्देश्य कार्यक्रम बनाएको र चीन शक्तिशाली बनिरहेकोले भू–राजनीतिक अवस्थाका कारण नेपाल शीतयुद्धको ‘इपिसेन्टर’ बन्ने खतरा औल्याएका हुन् ।
‘कतै नेपाल शीतयुद्धको इपिसेन्टर त बन्ने होइन भन्ने खतरा उत्पन्न भएको छ’, श्रेष्ठले भने ।
विश्वमा अहिले राजनीति तनाव बढाउने मुख्य तीन विषय रहेको उनले बताए । अमेरिका र चीनको शक्तिको लडाइँ, विश्वमा चलिरहेको साम्राज्यवादविरुद्धको आन्दोलन र विश्व पुँजीवाद र भूमण्डकीकृत पुँजीवादविरुद्ध विस्तारै अघि बढेको समाजवादी आन्दोलनका कारण विश्वमा राजनीतिक तनाव बढिरहेको उनले बताए ।
साम्राज्यवादविरुद्धको आन्दोलन त्यति शसक्त नभएको उनले बताए ।
‘विश्व पुँजीवाद र भूमण्डकीकृत पुँजीवादविरुद्ध विस्तारै अघि बढेको समाजवादी आन्दोलन अघि बढ्न प्रयत्न गरिरहेको छ तर, यो त्यति बलशाली छैन’, श्रेष्ठले भने ।
नेपाल भू–रणनीतिक कारणले फाइदा र जोखिम दुवैमा रहेको उनले बताए ।
नेपालले फाइदालाई हेरेर त्यसअनुसारको नीति अख्तियार गर्नुपर्ने धारणा श्रेष्ठले व्यक्त गरेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...