१५ असार २०८३, सोमबार

सङ्घीयताविरुद्ध अनावश्यक टीकाटिप्पणी नगर्न मुख्यमन्त्री पाण्डेको आग्रह

सङ्घीयताविरुद्ध अनावश्यक टीकाटिप्पणी नगर्न मुख्यमन्त्री पाण्डेको आग्रह

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सङ्घीयताविरुद्ध अनावश्यक टीकाटिप्पणी नगर्न प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका छद्द् । प्रदेश विनाको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको परिकल्पना गर्न नसकिने उल्लेख गर्दै उनले प्रदेशसभा ससदहरुलाई बलिदानीपूर्ण आन्दोलनले ल्याएको सङ्घीयताको विरोध नगर्न अनुरोध गरे । 

विभिन्न समयमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा उनीहरुलाई सङ्घीयता बलियो बनाउन सहयोग गर्न सुझाए । प्रदेशसभा सदस्यहरुबाट नै प्रदेश खारेजीको माग उठेकामा उनले आपत्ति जनाए ।

यसैगरी आज बसेको प्रदेशसभा बैठकमा दफावार छलफलका लागि चार विधेयक पेस गरिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्