३० असार २०८३, मंगलबार

नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

सर्लाहीको हरिवनबाट नेपाली नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय लालमोहन पासवान रहेका छन् । 

पासवानलाई नेपाली नक्कली नोटसहित हरिवन नगरपालिका–११, हरिवन बजारस्थित कार्की पुस्तक पसल अगाडिबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । पासवानको साथबाट रु ५० हजार बरामद गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्