२९ जेठ २०८३, शुक्रबार

अछामको तुर्माखाँदमा पहिरोले घर पुर्‍यो, एकै परिवारका ३ जनाको मृत्यु

अछामको तुर्माखाँदमा पहिरोले घर पुर्‍यो, एकै परिवारका ३ जनाको मृत्यु
तस्वीर सौजन्य : उदयबहादुर विष्टको फेसबूक

अछाममा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । 

जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले लोकान्तरलाई जानकारी दिए ।

राति एक बजे आसपासमा गएको पहिरोले स्थानीय पदमसिंह विष्टको घर पुरिँदा उनका परिवारका सदस्यहरू पुरिएको डीएसपी डाँगीले जानकारी दिए । 

मृत्यु हुनेहरूको परिचय खुल्न भने बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

पहिरोमा पुरिएर एक जना घाइते भएका छन । उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

राति नै पहिरो खसेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय अछामको टोली द्धटनास्थलतर्फ गएको छ । तर बाटो लामो र पैदलयात्रा नै गर्नुपर्ने हुँदा टोली त्यहाँ पुगिनसकेको डीएसपी डाँगीले जानकारी दिए । 

‘अहिले टोली घटनास्थलतर्फ पुग्ने क्रममै छन्,’ उनले भने,‘टोली पुगेपछि थप विवरण प्राप्त हुन्छ ।’

घटनाको पूर्ण विवरण आइसकेको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्