२१ असार २०८३, आइतबार

गाउँपालिकाको अध्यक्ष जित्न १० करोड खर्च गरेको रिपोर्ट पाएँ– प्रचण्ड

गाउँपालिकाको अध्यक्ष जित्न १० करोड खर्च गरेको रिपोर्ट पाएँ– प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै सम्पन्न स्थानीय चुनावमा गाउँपालिकाको अध्यक्ष जित्न १० करोड रुपैयाँसम्म खर्च भएको रिपोर्ट आफूले पाएको बताएका छन् । तर, कुन दलका उम्मेदवारले १० करोड खर्च गरेको भने उनले खुलाएनन् । 

नरबहादुर कर्माचार्यको ९ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले धेरै पैसा खर्च गर्न र तिकडम नजाने चुनाव जित्न नसकिने बताएका हुन् । 

‘साथीहरुले गाउँपालिकाको चुनावमा १० करोड खर्च गरेर जितेको रिपोर्ट सुनाउनु भएको छ, बाफरे बाफ १० करोड,’ प्रचण्डले भने, ‘प्रदेश र संघको चुनावमा ५० औं करोड खर्च गर्ने भए, अरबतिर जाने भए ।’ 

प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लैजाने खतरा रहेको दाबी गरे । 

‘शुरूमा क्रान्तिको रापताप हुँदा माओवादी भनेर उठाइदिएपछि चुनाव जित्ने पक्का जस्तै थियो । अब अहिले धेरै पैसा खर्च गर्न सकेन र तिकडम गर्न नसके चुनाव जितिन्न,’ प्रचण्डले भने । 

संविधान निर्माणको क्रममा आफूहरूले फरक मत राखेका कारण अहिले आलोचना गर्न पाउने उनले दाबी गरे । 

प्रचण्डले आसन्न निर्वाचनमा विचार र मुद्दा मिल्ने दलसँग तालमेल हुने बताए । ‘सकेसम्म विचार मिल्ने मुद्दा मिल्नेको बीचमा तालमेल गर्छाैं, गठबन्धनमा न्यायोचित ढंगले सबैलाई न्याय हुने ढंगले तालमेल हुने कुरा भएको छ,’ उनले भने । 

उनले चुनावी ब्याटल जित्नुपर्ने भन्दै तीन चार महिना विशेष ढंगले खटिन कार्यकर्तालाई निर्देशन दिए । 

salt training

कमेन्ट गर्नुहोस्