२२ असार २०८३, सोमबार

लालबन्दीबाट एक वर्षमा दुई अर्बको तरकारी निकासी

लालबन्दीबाट एक वर्षमा दुई अर्बको तरकारी निकासी

लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८/७९ मा रु दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० को तरकारी निकासी गरेको छ ।

लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले २०७८ साउन १ देखि विसं २०७९ को असार मसान्तसम्ममा छ करोड एक लाख ६३ हजार २५० किलो तरकारी निकासी गर्दा रु दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० को रकम संकलन गरेको हो ।

उक्त आवको अन्तिम महिना असारमा मात्र ५५ लाख ५० हजार २०० केजी तरकारी निकासी गर्दा रु २० करोड २३ लाख १७ हजार ५०० बराबरको तरकारी निकासी गरिएको बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए ।

जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेडा, परबल, बोडी, सिमी, भण्टा, करेलालगायतका तरकारी उक्त बजारमा आउने गरेको छ । देशका सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको तरकारी थोक बजार व्यवस्थापन समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए । 

त्यसमध्ये गोभेडा ५० प्रतिशत, परबल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प्रतिशत र अन्य तरकारी पाँच प्रतिशत गरी कूल छ करोड एक लाख  ६३ हजार २५० किलोको रु दुई अर्ब ४५  करोड २४ लाख ७१ हजार ९३० को तरकारी लालबन्दीबाट निकासी भएको हो । रासस
 

salt training

कमेन्ट गर्नुहोस्