३० असार २०८३, मंगलबार

मौद्रिक नीतिपछि लगानीकर्ता उत्साहित, ५४ अंकले बढेर २१ सय विन्दु नाघ्यो नेप्से

मौद्रिक नीतिपछि लगानीकर्ता उत्साहित, ५४ अंकले बढेर २१ सय विन्दु नाघ्यो नेप्से

मौद्रिक नीतिपछि लगानीकर्ता उत्साहित देखिएका छन् । मौद्रिक नीतिपछिको पहिलो दिन ६१ अंकले बढेको शेयर बजार सोमवार पनि ५४.४५ अंकले बढेको छ । सोमवार शेयर बजार २.६२ अंकले बढेर नेप्से परिसूचक २१३२.९६ विन्दुमा पुगेको छ । 

राष्ट्र बैंकले शुक्रवार चालू आवको लागि जारी गरेको मौद्रिक नीतिमा शेयर कर्जाको न्यूनतम सीमा ४ करोडलाई बढाएर १२ करोड पु¥याएपछि अघिल्लो वर्षको नीतिमा करेक्सन भएको भन्दै लगानीकर्ता उत्साहित हुन थालेको देखिएको छ । 

लगानीकर्ता उत्साहित भएर कारोबार बढाउन थाल्दा दुई दिनदेखि शेयर बजारले उकालो यात्रा तय गरिरहेको छ । सोमबार बजार बढेसँगै कारोबार रकम पनि ४ अर्ब नाघेको छ । लामो समयपछि कारोबार रकम बढेर ४ अर्ब १० करोड रुपैयाँ पुगेको छ । 

सोमवार नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये २१४ वटाको ९९ लाख कित्ता शेयरको ६४ हजार पटक कारोबार भएको छ । आइतवार जस्तै सोमवार पनि कारोबार रकम धेरै गर्नेमा शिवम् सिमेन्ट रहेको छ । यसको सोमवार १८४० पटक भएको कारोबारबाट १५ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

सोमवार एकैदिन ७ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सोमवार नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पोज फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रोपावर, मानुसी लघुवित्त र बलेफी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । 

बजार बढेको दिन पनि ऋणपत्रसहितका विभिन्न १२ कम्पनीको शेयर मूल्य भने घटेको छ । सोमवार सबैभन्दा बढी गुमाउनेमा मञ्जुश्री फाइनान्सको ऋणपत्र ५.८७ प्रतिशतले घटेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्