२१ असार २०८३, आइतबार

काठमाडौं–तराई द्रुतमार्ग समयमै सम्पन्न गर्न निर्देशन

काठमाडौं–तराई द्रुतमार्ग समयमै सम्पन्न गर्न निर्देशन

प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई/मधेश द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन निर्देशन दिएको छ ।

सोमवार बसेको समितिको बैठकले काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनाको हालसम्मको अवस्था हेर्दा निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने निस्कर्ष निकालेको छ । समितिले हालसम्म ठेक्का व्यवस्थापनका कामहरू हुन नसकेको भन्दै निर्धारित समयमा सम्पन्न गर्नका लागि ठोस कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको हो । समितिले आयोजनाको लागत बढ्न नदिन तथा गुणस्तरीय काम गर्नुपर्नेमा जोड दिएको छ । 

बैठकले द्रुतमार्ग आयोजनाको काम सञ्चालन गर्दा वातावरणीय पक्षहरू ईआईए र इएमपीको कार्यान्वयनको अवस्था कस्तो छ भन्नेबारेमा जानकारी दिन निर्देशन दिएको छ । यसको स्पष्ट जानकारी १५ दिनभित्र समितिमा उपलब्ध गराउन रक्षा मन्त्रालय र सम्वद्ध आयोजनालाई निर्देश गरिएको सभापति कल्याणी खड्काले जानकारी दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्