२९ जेठ २०८३, शुक्रबार

सार्वजनिक कार्यक्रममा सम्बोधन गर्नैलाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी

सार्वजनिक कार्यक्रममा सम्बोधन गर्नैलाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी

प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उनी उपस्थित कार्यक्रममै नाराबाजी भएको छ ।

राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाविरुद्ध नाराबाजी भएको हो ।

समारोहलाई सम्बोधन गर्न देउवा पोडियमतर्फ जाँदै गर्दा एक युवाले प्लेकार्ड देखाएर विरोध गरेका हुन् । 

प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधेयकको विरोध गर्दै नाराबाजी भएको हो । नाराबाजी गर्ने व्यक्तिलाई देउवाले फर्केर हेरेका थिए ।

देउवाविरुद्ध नाराबाजी गर्नेले राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, एमसीसी खारेज गर जस्ता नारा लगाएका थिए । 

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवालाई सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिएका थिए । २०७८ असार ३१ गते प्रधानमन्त्रीको शपथ गरेयता देउवाविरुद्ध सार्वजनिक कार्यक्रममा पहिलोपटक नाराबाजी भएको छ । 

प्रतिनिधि सभाबाट शुक्रवार पारित भएको नागरिकता विधेयकको विरोध भइरहेको छ । प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्