२४ असार २०८३, बुधबार

प्रचण्ड र घनश्याम भुसालबीच हाँसोठट्टा – एमाले बाहेकको मोर्चाले के गर्छ ?

प्रचण्ड र घनश्याम भुसालबीच हाँसोठट्टा – एमाले बाहेकको मोर्चाले के गर्छ ?

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर समाजवादी केन्द्रले के गर्छ भनेर प्रश्न गरेका छन् ।

उनीहरूबीच सोमवार सिंहदरबारमा भेटवार्ता भएको हो । 

माओवादी केन्द्रका नेता शक्ति बस्नेतसँग भेटवार्ता गर्न माओवादी संसदीय दलको कार्यालयमा भुसाल पुगेका थिए । सोही बेला प्रचण्ड पनि संसदीय दलको कार्यालयमै रहेकाले भुसाल र प्रचण्डबीच केहीबेर कुराकानी भएको हो । 

माओवादी केन्द्र र एमालेका दोस्रो तहका नेताहरूले संवाद हुने गरी मञ्च बनाउने प्रयास गरिरहेका छन् । त्यसै क्रममा बस्नेत र भुसालबीच कुराकानी भएको बताइएको छ । 

सोही क्रममा भएको भेटमा प्रचण्डले समाजवादी केन्द्र बनाउन लागेको विषय भुसाललाई जानकारी गराएका थिए । त्यसक्रममा भुसालले एमाले बाहेकको मोर्चाले के गर्छ र भनेर प्रश्न गरेका थिए ।

भुसालले समाजवादी केन्द्र वा मोर्चा बनाउने भए एमाले पनि अटाउने गरी मोर्चा बनाउनुहोस् भनेपछि २ नेताहरूबीच केहीबेर हाँसोठट्टा चलेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्