२८ जेठ २०८३, बिहीबार

कास्कीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन विभागको आग्रह

कास्कीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन विभागको आग्रह

सोमवार राति कास्की र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । 

सो क्षेत्रमा मंगलवार बिहानसम्मै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, घलेखर्क बर्षा मापन केन्द्र, कास्कि र आसपास भारी बर्षा मापन भएको छ । 

विभागले घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै मंगलवार बिहान ६ बजेसम्म नै सतर्कता अपनाउन सोमवार राति सूचना जारी गरेको छ । 

सो क्षेत्र भई बहने साना नदीमा आकस्मिक बहाव समेत हुन सक्ने विभागले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्