३० असार २०८३, मंगलबार

यी क्षेत्रमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

यी क्षेत्रमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

मंगलवार बिहान प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ।

विभागले मंगलवार बिहान एक बुलेटिन जारी गर्दै वर्षाबारे जानकारी गराएको हो । 

विभागले अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको उल्लेख गरेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको र पूर्वमा सरदर स्थानको आसपासमा रहेको समेत विभागले जनाएको छ ।

मंगलवार रातिसम्म नै देशभर आंशिक देखि सामान्य बदली रहने विभागले जनाएको छ। 

मंगलवार दिउँसो प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

मंगलवार राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ।
 

 

salt training

कमेन्ट गर्नुहोस्