वातारण विभागले ४० माइक्रोनभन्दा पातलो झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोग नगर्न अपिल गरेको छ ।
विभागले मंगलवार सार्वजनिक सूचना जारी गर्दै सरकारको प्लाष्टिकका झोला प्रतिबन्धको नीति तथा निर्णय रहेको र त्यसलाई आगामी दिनमा थप कडाईका साथ लागु गर्ने तयारी भइरहेको समेत जनाएको छ ।
विभागले आगामी भाद्र १ देखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रयोगको अवस्थालाई कडाइका साथ अनुगमन गरिने जनाएको छ ।
अनुगमनका समयमा त्यस्ता प्लाष्टिकका झोला प्रयोग गरेको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने समेत जनाएको छ ।