२६ जेठ २०८३, मंगलबार

स्थगित भयो नाडा अटो शो

स्थगित भयो नाडा अटो शो

नाडा अटो एक्सपो २०२२ स्थगित भएको छ ।

आगामी भाद्र ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न गर्ने भनिएको नाडा अटो एक्सपो २०२२ स्थगित गरिएको हो ।

सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को श्रावण १ गतेदेखि खोल्ने भनिएकोमा सो समयावधि अझ थप गरेर २०७९ भाद्र १४ गतेसम्मका लागि विस्तार गरेपछि अटो शो स्थगित गर्नुपरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए ।

साथै १५० सि.सि भन्दा माथिका दुई पाँग्रे सवारी साधनहरुको आयातमा समेत थप प्रतिवन्ध लगाए पछि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नाडा अटो शो स्थगित गर्न बाध्य भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्