
बाक्लो हुस्सु लागेपछि पोखरा विमानस्थल केहीबेर बन्द गरिएको छ ।
मंगलवार बिहानैदेखि बाक्लो हुस्सु लागेपछि विमानस्थल केहीबेर बन्द गरिएको हो ।
विमानस्थल करीब आधा घन्टा बन्द गरिएको थियो ।
बिहान ८ बजे आसपासमा बाक्लो हुस्सु लागेकाले केही बेर विमानस्थल बन्द गरिएको थियो,’ विमानस्थल स्रोतले भन्यो,‘अहिले उडान शुरू भइसकेको अवस्था छ ।’
विमानस्थल आसपासमा अहिले पनि हुस्सु लागिरहेको तर केही पातलो हुँदै गएको बताइएको छ ।े
मौसमका कारण विमानस्थलबाट हुने उडान करीब आधा घन्टा अवरुद्ध भएको थियो ।