×

NMB BANK
NIC ASIA

जग्गा विवादले अस्पताल भवन निर्माण अलपत्र

साउन १०, २०७९

NTC
Premier Steels

चितवनको इच्छाकामना गाउँपालिकामा निर्माणाधीन अस्पताल भवन अलपत्र परेको छ । गाउँमै स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्धेश्यका साथ गाउँपालिकाले वडा नं ४ कुरिनटारमा विसं २०७७ देखि २५ शय्याको अस्पताल बनाउन शुरू गरेको थियो । तर, अहिले जग्गा विवाद उत्पन्न भएपछि अस्पताल भवन निर्माण रोकिएको छ ।

Muktinath Bank

तत्कालीन समयमा अस्पताल निर्माण शुरू गर्दा पुर्‍याउनुपर्ने मापदण्ड पूरा नगरी अस्पताल भवन निर्माण थाल्दा दुई वर्ष बितिसक्दा पनि अस्पताल निर्माणको कामले पूर्णता पाउन नसकेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ को नीति, कार्यक्रम तथा बजेटमा रु ५० लाख बजेट विनियोजन गरी सर्वशान्ति क्याम्पसको पछाडिपट्टि सार्वजनिक जग्गामा अस्पताल निर्माण शुरू गरेको थियो । उक्त समयमा बोलपत्र प्रक्रिया गरी भवन निर्माणको काम शुरू गरेका थिए । उतिबेलै भवनको जग राख्ने कामसमेत सकिएको थियो । तर, बीचमा जग्गाको स्वामित्वका विषयमा टुंगो लाग्न नसकेपछि हालसम्म पनि भवन निर्माणले पूर्णता पाउन सकेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिकाले सार्वजनिक जग्गा भनेर निर्माण शुरु गरेको उक्त जग्गा वन कार्यालयले वन क्षेत्रभित्रको जग्गा जनाउँदै अस्पताल निर्माण रोकिदिएपछि अलपत्र परेको हो । करिब रु १० करोड लागत लाग्ने अनुमानका साथ भवन निर्माण शुरू गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

तत्कालीन गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले गाउँपालिका भित्रको जग्गा गाउँपालिकाले जुनसुकै प्रयोजनका लागि प्रयोग गर्न सकिने भएकाले आफूहरूले नागरिकको सुविधाका लागि अस्पताल भवन निर्माण थालेको बताए । 

Vianet communication

नवनिर्वाचित गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जग्गाको स्वामित्व अस्पतालका नाममा ल्याउने प्रयास जारी रहेको बताए । 
यही आर्थिक वर्षभित्रमा अस्थायी भवन निर्माण गरी १५ शय्याको इच्छाकामना अस्पतालको सेवा भने शुरू गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । उनले भने, ‘तत्कालका लागि अस्थायी संरचना निर्माण गरी इच्छाकामना अस्पतालको सेवा सुरु गरिनेछ भने रोकिएको भवन निर्माणको कामसमेत जग्गा प्राप्तिको प्रक्रिया पूरा गरी शुरू गर्नेछौँ ।’ –रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x