२७ जेठ २०८३, बुधबार

चोरिएको मोटरसाइकलसहित एक युवक पक्राउ

चोरिएको मोटरसाइकलसहित एक युवक पक्राउ

मोटरसाइकल चोरेको अभियोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक युवकलाई नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा नं. ४ महाराजगन्ज चक्रपथ सडक खण्डबाट मंगलवार बिहान एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–६ घर भई हाल  काठमाडौं हात्तिगौडा बस्ने २६ वर्षीय सन्तोष बन्जारा रहेका छन् । 

उनले वास्तविक नम्बर परिवर्तन गरी बा ८४ प ६९०७ नम्बरको कालो–रातो २२० सीसीको पल्सर मोटरसाइकल चलाइरहेको अवस्थामा फेला परेपछि पक्राउ गरिएको प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले जानकारी दिइन् । उक्त मोटरसाइकलको वास्तविक नम्बर बा ८३ प ९२८१ रहेको ट्राफिक प्रहरीको भनाइ छ । बरामद गरिएको मोटरसाइकल काठमाडौं रामहिटीस्थित घरमा पार्किङ गरिराखेको ठाउँबाट हराएको भनी धिरोज रसाइलीले ट्राफिक प्रहरीमा निवेदन दिएका थिए । 

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दा अनुसन्धान कारबाहीका लागी प्रहरी वृत्त बौद्ध पठाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले हराएका मोटरसाइकल र चोरी कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निगरानी गर्ने अभियान सञ्चालन गरिरहेको छ । अभियानका क्रममा हराएका धेरै मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्