२१ असार २०८३, आइतबार

मानव संसाधन विकासमा जापानको ३५ करोड सहयोग

मानव संसाधन विकासमा जापानको ३५ करोड सहयोग

नेपालको मानव संसाधन क्षेत्रको विकासका लागि जापान सरकारले रु ३५ करोड १५ लाख ४८ हजार ६७५ (३७ करोड ६० लाख जापानी येन) बराबरको सहयोग उपलब्ध गराउने भएको छ । 

अर्थ मन्त्रालयमा मंगलवार आयोजित कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र यहाँस्थित जापानी दूतावासका चार्ज डि अफेयर्स तामुरा ताकाहिरोले सहयोगसम्बन्धी सम्झौतापत्र आदानप्रदान गरे । द्विपक्षीय सहयोग सम्झौतामा भने अर्थमन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का प्रतिनिधि तानाका तोमोकोले हस्ताक्षर गरे । 

जापान सरकारले मानव संसाधनको विकासमा चरणबद्ध रूपमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । सो कार्यक्रम अन्तर्गत २० जनाले स्नातकोत्तर र दुई जनाले विद्यावारिधि कार्यक्रमका लागि छात्रवृत्ति पाउने छन् । विश्वविद्यालयको खर्च, आवास खर्च, बीमालगायतमा खर्च गर्ने गरी सहयोग उपलब्ध भएको हो । स्नातकोत्तर कार्यक्रम दुई वर्षको र विद्यावारिधि तीन वर्षको हुनेछ । 

कर्मचारीले पाउने उक्त छात्रवृत्तिले प्रभावकारी रूपमा नागरिकको सेवा गर्ने भावनाको विकास गर्ने विश्वास लिइएको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्