
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्ने एसईई परीक्षाको नतिजा नेपाल टेलिकमबाट सजिलै हेर्न सकिने भएको छ ।
बोर्डले २०७८ सालको एसईई नतिजा सार्वजनिक गर्ने तयारी गरेपछि टेलिकमले यस्तो व्यवस्था गरेको हो ।
एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ ।
सो परीक्षाको परीक्षाफल कल गरेर (आईभीआर), एसएमएस तथा वेबसाइट मार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।
कल गरेर – नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने छ ।
एसएमएस – मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा SEE लेखेर एक स्थान (Space) छाडी अल्फाबेट सहितको सिम्बल नम्बर SEE <Space˃ ˂Symbol number with alphabet˃ टाइप गरी १६०० मा पठाउने । उदाहरणको लागि SEE 12345678A टाइप गरी १६०० मा पठाएमा आवश्यक जानकारी प्राप्त हुनेछ ।
वेबसाइट – नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने ।
कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र हो । प्रमाणिक विवरण (रेकर्ड) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुने टेलिकमले जनाएको छ ।
यो सेवा परीक्षा नियन्त्रण कार्यालयले परीक्षाफल सार्वजनिक गरे पश्चात् हेर्न सकिने टेलिकमले जनाएको छ ।