२५ असार २०८३, बिहीबार

नागरिकता विधेयकका विषयमा गृहमन्त्रीले गरे नारायणकाजीसँग छलफल

नागरिकता विधेयकका विषयमा गृहमन्त्रीले गरे नारायणकाजीसँग छलफल

गृहमन्त्री बालकृष्ण खाँणले नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् ।

गृहमन्त्री खाँड श्रेष्ठलाई भेट्न बुधवार बिहान हात्तीवनस्थित उनको निवासमै पुगेका थिए । भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी खाँणले बताए ।

‘राष्ट्रिय राजनीति र समसामयिक राजनीतिबारे नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग कुराकानी भयो,’ गृहमन्त्री खाँणले भने ।

राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक बुधबार नै निर्णयार्थ प्रस्तुत हुँदैछ ।

राष्ट्रिय सभाका सदस्य श्रेष्ठसँग गृहमन्त्री खाँणले सोही सन्दर्भमा छलफलका लागि भेटेका हुन् ।

नेता श्रेष्ठले नागरिकता विधेयकको विपक्ष विपक्षमा अभिव्यक्ति दिँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्