२१ जेठ २०८३, बिहीबार

यूट्युुब हेरेर नै ‘ड्रागन खेती’

यूट्युुब हेरेर नै ‘ड्रागन खेती’

पछिल्लो समय ड्रागन फलको बढ्दो बजार माग धान्न व्यवसायीलाई मुस्किल भएको छ ।

केही समयअघिसम्म अधिकांशलाई थाहा नभएको ड्रागन फल अहिले बजारमा उच्च माग आउन थालेको हो ।

बढ्दो बजार मागका कारण ड्रागन फलको व्यावसायिक सम्भावना पनि त्यत्तिकै बढेको छ । यतिबेला कञ्चनपुरका गोकर्णबहादुर वली ड्रागन खेतीमा नै रमाउन थालेका छन् । 

सिउँडी जस्तो देखिने ड्रागन फलबारे अझै पनि कतिपय त अनविज्ञ नै छन् तर देशका मुख्य शहरमा यसको माग पछिल्लो समय अत्याधिक भएको वली बताउँछन् । सिउँडी प्रजातिको यो फल अमेरिका, मेक्सिको र दक्षिण अमेरिकी देशहरूमा पाइने गर्छ । अहिले नेपालमा पनि यसको व्यावसायिक खेती शुरू भएको छ ।

वलीले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक कैलालीको गोदावरी नगरपालिका तेघरीमा डेढ बिगा जग्गा भाडामा लिएर १ वर्षदेखि यो खेती गरिरहेका छन् । उनले आफूले यूट्युब हेरेर नै ड्रागन खेती गरेको बताए । वलीले अत्तरियाको तेघरीमा जग्गा भाडामा लिएर २०७७ साउनबाट व्यावसायिक रूपमै खेती शुरू गरेको बताए ।

बजारमा ड्रागनको माग धेरै आइरहे पनि पुर्‍याउन नसकेको गुनासो गरे । ड्रागन लगाएको स्थानमा नै आउनेहरूलाई पनि फल नफलिसकेकाले दिन नसकेको बताए । उत्पादन भएका फल फार्ममै लिन आउने गरेकाले बजारसम्म पनि पुर्‍याउन जानु नपरेको बताए । शुरूआती चरणदेखि सिँचाइसम्म गर्दा अहिलेसम्म ३९ लाख रुपैयाँ लगानी भएको उनको भनाइ छ । उनले १ वर्षमा नै ड्रागन फलेपछि ५०० किलोग्राम बिक्री गरिसकेको बताए । ड्रागन फल्न १८ महिनाको समय लाग्ने गरे पनि आफ्नो बारीमा भने १ वर्षमा नै फलेको बताए ।

खेती बिस्तारका लागि दाङ र सिन्धुलीबाट बिरुवा ल्याएको र डेढ बिगा जग्गामा ३ हजार ५०० बिरुवा रोपेको उनले बताए । ड्रागन खेतीभित्र अन्तर बाली लगाएका ओलीले जग्गा भाडा अन्तरबालीबाट नै तिर्ने गरेको बताए ।

आगामी वर्षका लागि ५ हजार ड्रागनको बिरुवा उत्पादन गर्ने लक्ष्य राखेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्