२८ जेठ २०८३, बिहीबार

भ्रमण भिसामार्फत सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न गृहको अनुरोध

भ्रमण भिसामार्फत सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न गृहको अनुरोध

गृह मन्त्रालयले भ्रमण भिसाबाट सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न नागरिकमा अनुरोध गरेको छ । 

पछिल्लो समयमा भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने र गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फर्कनुपर्ने लगायतका समस्या देखिएको भनी गुनासो आएको भन्दै मन्त्रालयले रोजगारीको मनसाय राखी भ्रमण भिसामा विदेश नजान अनुरोध गरेको हो । 

त्यसरी जाँदा समस्यामा परी अलपत्र पर्ने क्रम बढेको मन्त्रालयले बुधवार जारी गरेको सूचनामा उल्लेख छ । 

यसरी गैरकानूनी रूपमा विदेश गई समस्यामा परेकालाई उद्धार गरी स्वदेश ल्याउनुपर्ने अवस्थामा बीमा, क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन समेत नेपाल सरकारसँग कुनै कानूनी आधार नरहने पनि मन्त्रालयले जानकारी गराएको छ ।  

विज्ञप्तिमा त्यसरी जाने व्यक्तिले प्रचलित कानूनअनुसार श्रम स्वीकृत लगायतका प्रक्रिया पूरा गरेर मात्र जान अनुरोध गरिएको छ । स्थानीय तहले समेत आफ्नो क्षेत्रका नागरिकले विदेश भ्रमण वा रोजगारीमा जाँदा आवश्यक कानूनी प्रक्रियाको सहजीकरण तथा परामर्श प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ । 

भ्रमण भिसामा विदेश जानेले पर्यटकको रूपमा मात्र प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्