२१ जेठ २०८३, बिहीबार

देवघाटलाई धार्मिक पर्यटनको गन्तव्यस्थल बनाउनुपर्छ : रामचन्द्र पौडेल

देवघाटलाई धार्मिक पर्यटनको गन्तव्यस्थल बनाउनुपर्छ : रामचन्द्र पौडेल
फाइल फोटो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देवघाटधामलाई धार्मिक पर्यटनको गन्तव्यस्थल बनाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस देवघाट गाउँ कार्यसमितिले बुधवार आयोजना गरेको भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले देवघाटधामको विशिष्ट महत्त्व रहेकाले यसलाई धार्मिक पर्यटनको केन्द्रविन्दुको रूपमा विकास गर्नुपर्ने बताए ।

वरिष्ठ नेता पौडेलले देवघाटधामको विकासका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे । देवघाटको समस्याबारे हामी सबै अवगत रहेको भन्दै वरिष्ठ नेता पौडेलले यो क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए ।

देश विकास मुख्य उद्देश्य राखी आफूले राजनीति शुरू गरेको बताउँदै वरिष्ठ नेता पौडेलले भने, ‘तनहुँमा मेरो नेतृत्वमा धेरै विकास योजना शुरू भएका छन्, त्यसलाई पूरा गराउने जिम्मेवारी पनि मेरो हो । त्यसतर्फ म कटिबद्ध भएर लागेको छु ।’

उनले अधुरा योजनालाई पूरा गराउनेतर्फ मुख्य ध्यान रहेको बताए । वरिष्ठ नेता पौडेलले गठबन्धन गरेरै चुनावमा जाने बताए । गठबन्धन देशको आवश्यकता भएको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्