
बुटवलको एक सामुदायिक विद्यालयका छात्रले यस वर्षको एसईई नतिजामा ४.० जीपीए ल्याएका छन् । कालिका मानवज्ञान माविका छात्र विवेक न्यौपानेले ४.० जीपीए ल्याएका हुन् । विद्यालयका शिक्षक युवराज कंडेलले न्यौपानेले सर्वाधिक ४.० जीपीए ल्याएको जानकारी दिए । कालिका नेपालकै धेरै विद्यार्थीले अध्ययन गर्ने सामुदाियक स्कुल हो जहाँ ८ हजार विद्यार्थी पढ्छन् । जहाँ परीक्षामा ६०६ जना विद्यार्थी सहभागी थिए ।
यो वर्ष रुपन्देहीबाट ५ जना विद्यार्थीले ४.० जीपीए ल्याएका छन् ।