०६ साउन २०८३, बुधबार

इलामको फिक्कलमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

इलामको फिक्कलमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

सिभिल बैंकले इलामको सूर्याेदय नगरपालिका, वडा नं १०, फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले गरे ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि चित्रकला बराइली, सिभिल बैंकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाल लगायतको उपस्थिति थियो ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरूले बैंकको एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरू सजिलैसँग गर्न सक्नेछन् । 

सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरू मार्फत  सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १३ एक्सटेन्सन काउन्टरहरू स्थापित गरिसकेको छ । 

साथै बैंकको हालसम्म ९९ एटीएम रहेका छन् । बैंकले गत असार मसान्तसम्म ९६ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्