०२ असार २०८३, मंगलबार

सवारी दुर्घटनामा तनहुँमा एक वर्षमा ४९ जनाको मृत्यु

सवारी दुर्घटनामा तनहुँमा एक वर्षमा ४९ जनाको मृत्यु

तनहुँमा सवारीसाधन दुर्घटनाबाट एक वर्षको अवधिमा ४९ जनाको मृत्यु भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो । 

सो अवधिमा एक सय सवारीसाधन दुर्घटनामा परेका थिए । 

ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालका अनुसार ११ ट्रक, १७ बस, १४ जीप/कार, दश ट्याक्टर, एक टेम्पो र ४७ मोटरसाइकल दुर्घटना भएका थिए ।

दुर्घटनामा परी ४५ पुरुष, १३ महिला, तीन बालक र तीन बालिका घाइते भएका थिए । 

आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा ३७ पुरुष, आठ महिला र तीन बालक छन् । आव २०७६/७७ मा ४४ तथा आव २०७५/७६ मा ६० जनाको   सवारीसाधन दुर्घटनामा परी मृत्यु भएको थियो ।

सबैभन्दा बढी दुई पाङ्ग्रे सवारीसाधन दुर्घटना भएका थिए । 

'तीव्र गतिका कारण दुई पाङ्ग्रे सवारीसाधन दुर्घटनामा परेको पाइएको छ', नेपालले भने, 'युवाले जथाभावी सवारीसाधन हाँक्दा दुर्घटना बढी हुने गरेको छ ।' रासस

salt training

कमेन्ट गर्नुहोस्