२९ जेठ २०८३, शुक्रबार

कोरोनाको इपिसेन्टर वुहानमा फेरि लकडाउन

कोरोनाको इपिसेन्टर वुहानमा फेरि लकडाउन

कोरोना भाइरसको उत्पति भएको चीनको वुहानमा फेरि लकडाउन गरिएको छ । कोरोना भाइरसको संक्रमण देखिएपछि वुहान फेरि लकडाउन घोषणा गरिएको हो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि वुहानमा तीन दिनका लागि लकडाउन गरिएको हो । चीनको वुहानबाटै कोरोना संक्रमण शुरू भएर विश्वव्यापी महामारीको रूप लिएको थियो ।

बीबीसीका अनुसार वुहानको जियाङसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैले तीन दिनसम्म अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गर्दै लकडाउन घोषणा गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्