०७ असार २०८३, आइतबार

कसरी जन्मिन्छ दुई टाउके बच्चा ? कारण जन्नुहोस्

साउन १२, २०७९
कसरी जन्मिन्छ दुई टाउके बच्चा ? कारण जन्नुहोस्

हालै भारतमा दुईवटा टाउको भएको बच्चा (कन्ज्वाइन्ड ट्वीन्स)को जन्म भयो । ती बच्चाको दुईवटा टाउको, तीनवटा हात र दुईवटा मुटु थियो । तर शरीर भने एउटै । 

भारत मध्यप्रदेशको रतलामका शाहीन खान र उनका पति सोहेलको सन्तानका रूपमा ती बच्चाको जन्म भएको थियो । भारतीय सञ्चारमाध्यम ‘आज–तक’का अनुसार उनीहरूलाई शुरूमा जुम्ल्याहा बच्चा जन्मिने बताइएको थियो । तर, बच्चा जन्मिदा शरीर एउटै, दुईवटा टाउको, दुईवटा मुटु र तीनवटा हात भएको बच्चा थियो । त्यसपछि तत्कालै ती बच्चालाई इन्दोरको एउटा ठूलो अस्पतालमा भर्ना गरियो ।  

चिकित्सकहरूका अनुसार यस्तो घटना एकदम कम हुन्छ । यस्तो अवस्थामा जन्मिएका बच्चाहरू जिवित रहने सम्भावना पनि एकदम कम हुन्छ । चिकित्सकहरूका अनुसार यस्तो अवस्था डाइसेफेलिक पैरापैगस नामक रोगका कारण हुन्छ । 

‘डाइसेफेलिक पैरापैगस’ रोग एउटै शरीरमा दुईवटा टाउकोका साथ आंशिक रूपमा शरीर जोडिने एक दुर्लभ प्रकृतिको हुन्छ । यस्तो अवस्थाको नवजात शिशुलाई सामान्यतया ‘दुई टाउके’ भन्ने प्रचलन छ । यस्ता बच्चाको अधिकांश अवस्थामा आमाको पेटभित्रै वा जन्मिनेवित्तिकै निधन हुने हुन्छ । 

मायो क्लिनिकका अनुसार यस प्रकारको जुम्ल्याहा बच्चा पेल्भिस, पेट वा छाति जोडिएका हुन्छन् । तर, टाउको अलग–अलग हुन्छ । यसका साथै यस्तो जुम्ल्याहा बच्चाको दुई वा त्यसभन्दा बढी हात अथवा खुट्टा हुन सक्छ । यस्तो अवस्थामा केही बच्चाहरूलाई शारीरिक रूपमा अलग गरिएको छ । तर, त्यसरी अलग गर्दा बाच्ने सम्भावना ज्यादै न्यून हुन्छ । शरीर अलग बनाउने कुरा बच्चाहरूको कुन–कुन अंग कहाँ–कहाँ जोडिएको छ भन्ने कुरामा निर्भर रहन्छ ।
 
पैरापैगसको लक्षण 

यसको न त केही संकेत हुन्छ, न त लक्षण हुन्छ जसबाट पत्ता लगाउन सकियोस् कि जसबाट दुई टाउके बच्चा जन्मिँदैछ । बाँकी जुम्ल्याहा बच्चाजस्तै गर्भावस्थामा गर्भाशय निकै रफ्तारमा बढ्न थाल्दछ । महिलाहरूलाई गर्भावस्थाको शुरूवाती दिनमा ज्यादै थकान महसुुस हुने, चक्कर लाग्ने तथा बान्ता आउने समस्या हुनसक्छ । स्ट्याडण्र्ड अल्ट्रासाउण्डको माध्यमबाट गर्भावस्थाको शुरूवातमै जोडिएका जुम्ल्याहा बच्चाको बारेमा पत्ता लाग्न सक्छ । तर, सामान्य अल्ट्रासाउण्डबाट मात्रै यो पत्ता नलाग्न सक्छ । 

कस्तो पैदा हुन्छन् शरीर जोडिएका बच्चाहरू 

सामान्यतया उनीहरू कस्तो पैदा हुन्छन् भन्ने कुरा उनीहरूको शरीरको कुन भाग कसरी जोडिएको छ भन्ने कुरामा निर्भर गर्दछ । केही बच्चाहरूमा शरीरका केही अंगहरू जोडिएका मात्र हुन्छन् भने, केहीको एउटै अंगले दुईतर्फ काम गर्ने गरिएको पनि भेटिएको छ । 

यस्ता बच्चा जन्मिनुको कारण 

गर्भाधारणको केही हप्तापछि ‘फर्टिलाइज्ड एग’ दुई अलग–अलग भ्रूणमा बाँडिन्छ । यही भ्रूणमा मानव शरीरका अंगहरू बन्न थाल्दछन् । यस्तो अवस्थामा सामान्यतया जुम्ल्याहा बच्चा जन्मिन्छन् । तर, केही अवस्थामा भू्रण अलग–अलग हुने प्रक्रियामा रोकावट हुन्छ जसका कारण जुम्ल्याहा बच्चा जन्मिनुको साटो शरीरका भाग जोडिएका बच्चाहरू जन्मन्छन् । जसलाई ‘कन्ज्वाइन्ड ट्वीन्स’ भन्ने गरिन्छ । 

सामान्यताः ‘कन्ज्वाइन्ड ट्वीन्स’हरू छाती, पेट, मेरुदण्डको तल्लो भाग, मेरुदण्डको भाग, टाउको, टाउको तथा छाती, घाटीलगायत शरीरका अंग जोडिएका हुन्छन् । 
‘कन्ज्वाइन्ड ट्वीन्स’ सामान्यता दुर्लभ घटना हुन्छ । साथै गर्भावस्थामा ‘कन्ज्वाइन्ड ट्वीन्स’ जन्मिने कुरा पत्ता लगाउन पनि मुस्किल हुन्छ । र यसको कारण पनि पत्ता लगाउन मुस्किल पर्दछ । 
 

salt training

कमेन्ट गर्नुहोस्