२२ जेठ २०८३, शुक्रबार

‘फेवाताल वरिपरिका ८० प्रतिशत घरहरू अवैध’

‘फेवाताल वरिपरिका ८० प्रतिशत घरहरू अवैध’

स्वतन्त्र सांसद खिमलाल देवकोटाले पोखराको प्रसिद्ध पर्यटकीय स्थल फेवाताल वरिपरिका घरहरू भत्काउन माग गरेका छन् । फेवाताल वरिपरिका ८० प्रतिशत घरहरू स्वीकृत नलिई निर्माण गरिएको भन्दै उनले भत्काउन माग गरेका हुन् । 

बिहीवारको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद देवकोटाले फेवाताल वरिपरिका ८० प्रतिशत घरहरू मापदण्डविपरीत निर्माण गरिएको दाबी गरे । उनले स्वीकृत नलिई मापदण्डविपरीत निर्माण गरिएका ती घरहरूको नियमन गर्न माग गरे । उनले पोखराको बसपार्क अतिक्रमण गरिएकोमा समेत सरकारको ध्यानाकर्षण गराए । उनले अतिक्रमित पोखरा बसपार्कको जग्गा खाली गराई अत्याधुनिक बसपार्क निर्माण गर्नुपर्ने बताए । 

‘फेवाताल वरिपरिका ८० प्रतिशत घरहरु अवैध छन् । कतिपयले बिनास्वीकृत आठ, नौ तलासम्म घर बनाएका छन् । त्यस्ता घरहरूको नियमन र फेवातालको मापदण्डमा परेका घरहरू भत्काइयोस्,’ उनले भने, ‘अतिक्रमित पोखरा बसपार्कको जग्गा खाली गराई अत्याधुनिक बसपार्क निर्माण गरी पोखरालाई व्यवस्थित गराइयोस् । तालै–तालको शहर पोखराको सुन्दरतालाई जोगाइयोस् । फेवातालको सिरानमा वाटर स्पोर्टस्का लागि पूर्वाधार र पञ्चासे, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको फेदीसम्म व्यवस्थित पदमार्ग निर्माण गरियोस् ।’

salt training

कमेन्ट गर्नुहोस्