रूपन्देहीमा घाँस काट्न जंगल गएकी युवतीलाई जबर्जस्ती करणी गर्न खोज्ने एक पुरुषलाई पक्राउ गरिएको छ । घाँस काट्न जंगल गएकी युवतीलाई सैनामैना नगरपालिका वडा नम्बर ५ का ४८ वर्षीय निलमणी दमाईले सहयोगको नाममा करणी प्रयास गरेका थिए ।
सैनामैना नगरपालिका तुलबुलिया खोलाको पूर्वपट्टी रहेको नेवारडाँडा जंगलमा घाँस काटिरहँदा ती युवतीलाई बारुलाले चिलेको थियो । त्यसपछि सँगै दाउरा काट्न गएका निलमणिले सहयोग गर्ने बाहानामा युवतीको संवेदनशील अंगहरूमा छुँदै जबर्जस्ती करणी गर्ने प्रयास गरेका थिए ।
इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले दमाईलाई पक्राउ गरी जबरजस्ती करणी सम्बन्धी कसूरअन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।