३० जेठ २०८३, शनिबार

भारतमा सन्थाल समुदायबाट द्रौपदी मुर्मू राष्ट्रपति बनिन् तर नेपालका सन्थालको बेहाल !

भारतमा सन्थाल समुदायबाट द्रौपदी मुर्मू राष्ट्रपति बनिन् तर नेपालका सन्थालको बेहाल !

छिमेकी भारतमा सन्थाल समुदायकी द्रौपदी मुर्मू राष्ट्रपति बनेपछि आफ्नो समुदायकी महिलाले पाएको सम्मानले नेपालका सन्थाल खुशी छन् तर नेताहरूले निरन्तर आश्वासन मात्रै दिँदै भोट आर्जन गर्ने माध्यम बनाएकोप्रति आक्रोश व्यक्त गरेका छन् ।

झापा, मोरङ, सुनसरी लगायत १ नम्बर प्रदेशको तराई क्षेत्रमा बसोबास भएका सन्थालहरू सरकारप्रति रुष्ट बनेका छन् । २०७७ फागुन १८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामसहित शिलान्यास गरेको मोरङको उर्लाबारीस्थित एकीकृत सन्थाल बस्ती हालसम्म नबनेपछि उनीहरू रुष्ट बनेका छन् । नयाँ घर पाइन्छ भन्ने आशमा बसेका सन्थाललाई यसले निराश बनाएको छ ।

रातो होली खोल्सीको छेउमा निर्माण गर्न लागिएको बस्तीका लागि छुट्याइएको जग्गा विवादका कारण सन्थाल जातिका लागि निर्माण गर्न लागिएका घरको काम अगाडि बढ्न सकेको छैन ।

बस्तीमा १३२ घर निर्माण गर्ने जनाइएको थियो । जसमा १०६ घर सन्थाल र २६ घर उराँव जातिका लागि निर्माण गरिने शिलान्यास गर्दै ओलीले बताएका थिए ।

२०७४ सालमा बक्राहा खोलामा बाढी आएपछि धेरै सन्थाल परिवार विस्थापित भएका थिए । केही परिवार अहिले पनि खोला किनारमै छन् । निर्माणस्थल रातो होलीको उत्तर–दक्षिण फैलिएको ७८० मिटर लम्बाइभित्र पर्ने ५२ हजार ८२८ वर्गमिटर जग्गामध्ये ३१ हजार ७६८ वर्ग मिटरभित्र बस्ती विकास गरिने योजना छ । 

बस्ती निर्माणको काम अगाडि बढाउनका लागि ठेक्का लागे पनि जग्गा विवाद नमिल्दा समस्या भएको उर्लाबारीका मेयर गंगाप्रसाद खरेलले बताए । ऐलानी जग्गा भए पनि वर्षाैंदेखि भोगचलन गर्दै आएकाले सरकारले सम्बोधन गर्नुपर्ने स्थानीय वासिन्दाको भनाइ छ ।

लोपोन्मुख अल्पसंख्यक आदिवासी जनजाति समुदायमा पर्ने सन्थाल जातिमा गरिएको सर्वेक्षणअनुसार २७ परिवारको घर बनाउन पुग्ने आफ्नै जग्गा भए पनि आर्थिक अवस्था कमजोर भएकाले घर बनाउन सक्ने अवस्था छैन । जग्गा भएकै स्थानमा घर बनाउने गरी कार्यक्रम अगाडि बढाइएको थियो । जग्गा भएकाहरूको पनि घर बनाउने कार्यक्रम अगाडि बढ्न सकेको छैन । 

‘एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधि २०७५ अनुसार स्थानीय प्रविधि, सीप र सामग्री प्रयोग गरी प्रत्येक परिवारका लागि २ कोठा, १ भान्सा र १ शौचालयसहित संरचना निर्माण गर्ने गरी ठेक्का लगाएको भनेर चुनावमा नेताहरूले भनेको सुनेका छौं,’ सन्थाल समुदायका अगुवा बुद्धिलाल सोरेनले भने, ‘सरकारले हामीमाथि राजनीति गर्‍यौं ।’

salt training

कमेन्ट गर्नुहोस्