०३ असार २०८३, बुधबार

कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर जलाशयमा पानीको सतह घट्यो

कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर जलाशयमा पानीको सतह घट्यो

मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरमा जल सतह अघिल्लो वर्षको तुलनामा यस वर्ष १७ मिटर कम भएको छ ।

जलाशयमा १ हजार ५३० मिटर उचाइसम्म पानी भण्डारण क्षमता रहेकोमा अघिल्लो वर्ष यसै साउन महिनासम्म समुद्र सतहबाट १ हजार ५१८ मिटर उचाइसम्म पानी भरिएको थियो तर यस वर्ष १ हजार ५०१ दशमलव २१ मिटर मात्र पानी रहेको कार्यालय प्रमुख धीरेन्द्र चौधरीले बताए ।

अघिल्लो वर्ष समयमै वर्षा शुरू भएको कारण जलाशयमा पानीको सतह बढ्दा पानी खेर फाल्नुपरेको भए पनि यस वर्ष जलाशय क्षेत्रमा पानी कम परेका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष १७ मिटर पानीको सतह कम हुन पुगेको उनले बताए ।

उनले भने, ‘अझै वर्षाको समय बाँकी छ । भदौ–असोज महिनासम्म वर्षा हुने हुँदा बढ्न सक्ने सम्भावना पनि उत्तिकै रहेको छ । पानीको जल सतहमा वृद्धि नभए कुलेखानी जलविद्युत् आयोजनाबाट उत्पादन हुने १०६ मेगावाट विद्युत् उत्पादन पनि घट्न सक्ने चौधरीले बताए ।

हाल कुलेखानी जलविद्युत् आयोजनाले ३ वटा आयोजना सञ्चालन गरिरहेको छ भने कुलेखानी पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्