०६ साउन २०८३, बुधबार

प्रदेशसभा चौथो संशोधन नियमावली बहुमतले पारित

प्रदेशसभा चौथो संशोधन नियमावली बहुमतले पारित

गण्डकी प्रदेशसभाको आजको बैठकले प्रदेशसभा चौथो संशोधन नियमावली २०७९ बहुमतले पारित गरेको छ ।  बैठकमा मस्यौदा समितिका सभापति ओमकला गौतमले समितिको प्रतिवेदनसहित प्रदेशसभा नियमावलीको चौथो संशोधन मस्यौदा पारित गरियोस् भन्दै गरेको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो ।
    
    संशोधन मस्यौदामा समितिको बैठकमा मन्त्रीको मताधिकार रहने सम्बन्धमा प्रतिपक्षी दल नेकपा (एमाले)ले फरक मत राखेको थियो । बैठकमा प्रदेशसभा सदस्य मायानाथ अधिकारीले मन्त्रीको मताधिकारका कारण समितिको बैठक प्रभावित हुने गरेको बताए । 

    यसअघि मन्त्रीहरूको मताधिकार हुन नहुने विषयमा सबै एकमत जस्तै भएकामा सरकार फेरिएपछि एकमत कायम हुन नसकेको उनले बताए । मन्त्रालयको नाम, नक्सालगायतका विषयमा विवाद नरहेको उनले स्पष्ट पारे ।
    
    चौथो संशोधन मस्यौदामाथिको छलफलमा सदस्य सरिता गुरुङ, विनोद केसी, पियारी थापा, धनमाया पोखरेल लामा र राजीव पहारीले बोलेका थिए । आरकार तथा प्रदेशसभाको ध्यानाकर्षण गराउनुभयो । ---

salt training

कमेन्ट गर्नुहोस्